काठमाडौं, १७ भदौ । सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
बिहीबार कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेसंगै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । सर्किट लागेसंगैं कम्पनीको शेयर मूल्य ३०.९० रुपैयाँले बढेर ३३९.९० रुपैयाँमा पुगेको छ ।
कम्पनीको शेयर मूल्य आजबाट कारोबारमा आएको हो । कम्पनीको पहिलो कारोबार ३०९ रुपैयाँमा भएको थियो ।
सानिमा लाइफले गत साउन २० गतेदेखि साउन २४ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ६० लाख कित्ता आईपीओ बिक्री गरेको थियो । आईपीओको बाँडफाँड भने गत साउन ३० गते गरिएको थियो ।