कांग्रेस महाधिवेशन: निधि, गुरुङपछि गोपालमान श्रेष्ठले गरे सभापति उठ्ने घोषणा

काठमाडौं, १७ भदौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ आसन्न १४ औं महाधिवेशनमा सभापति पदको उम्मेदवारी दिने घोषणा गरेका छन् ।

गृहजिल्ला स्याङ्जा पुगेर आसन्न महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने औपचारिक रुपमै घोषणा गरेका हुन् । यसअघि उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य कल्याण गुरुङले सभापतिले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

देउवा स्वयं सभापतिमा लड्ने तयारीमा लागेका बेला देउवा निकट मानिने निधि र श्रेष्ठले घोषणा गरेसँगै महाधिवेशनमा धक्का लाग्ने देखिएको छ । आफूलाई देशभरका साथीहरुको सहयोग रहने दाबीसहित नेता श्रेष्ठले १४ औँ महाधिवेशनमा सभापति लड्ने घोषणा गरेको बताए ।

उनले वर्तमान प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा निकट रहेर लामो समय काम गरेका छन् । देउवाले पार्टी फुटाएर प्रजातान्त्रिक गठन गर्दा श्रेष्ठले कार्यबाहक सभापतिको जिम्मेवारी पाएका थिए ।

महाधिवेशन नजिकिएसँगै सभापति लगायतका पदमा उम्मेदवारी दिने क्रम चलिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here