धनाढ्य परिवारको एक्ली छोरी भन्दै भारतीय व्यावसायीलाई ठग्ने युवती पक्राउ

काठमाडौं, ८ असार । महानगरीय प्रहरी अपराध महाशाखाले फेसबुक मार्फत भारतीय व्यावसायीलाई नेपाल बोलाई २३ लाख रुपैयाँ ठगी गर्ने एक २१ वर्षिया युवतीलाई पक्राउ गरेको छ ।

प्रहरीले उनलाई गत शुक्रबार काठमाडौंको नरेफाँटबाट पक्राउ गरेको हो । पक्राउ परेकी ती युवतीले ‘डायना रोज’ नामबाट फेसबुक खोली आफूलाई धनाढ्य परिवारको एक्ली छोरीको रुपमा चिनाउँदै आएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार केही महिनाअघि उनले भारत महाराष्ट्र फलबर रेलनगर बस्ने बर्ष ३८ श्रीपाल जैनलाई फ्रेन्ड रिक्वेस्ट पठाइन् । सुन्दर युवतीले फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएपछि जैनले पनि एसेप्ट गरे र दुई बीचमा फेसबुकमा कुराकानी हुन थाल्यो ।

डायनाले आफूलाई सम्पन्न र उच्च पारिवारिक पृष्ठभुमीको भएको बताइन् । आफ्नो परिवारको ठूलो व्यापार भएको र आफू त्यसको एक्लो वारेश भएको समेत उनले बताइन् ।

साथै उनले भारतमा रहेको आफ्नो सबै व्यावसाय श्रीपाललाई मिलाइदिन्छु भनेर प्रलोभन देखाइन् । सुन्दर जिउडाल भएकी डायनाको आकर्षक पहिरनमा खिचिएका तस्वीर देखेपछि श्रीपालले पनि युवती धनाढ्य परिवारकै भएको अड्कल गरे ।

डायनाले श्रीपाललाई नेपालमा बोलाई नेपालबाट मुम्वई फर्कने क्रममा गत असार ६ गते शुक्रबार गते दिउँसो १२ः४० वजे त्रिभुवन विमानस्थलको कस्टममा पुगेपछि आफ्नाे बाबुले पठाएको बहुमुल्य सामान प्राप्त गर्न भन्सार रकम धेरै तिर्नुपर्ने बताउँदै श्रीपालसँग २३ लाख रुपैयाँ लिइन् ।

रकम लिएर डायना सम्पर्कविहिन भएपछि मात्रै श्रीपाललाई आफू ठगिएको थाहा भयो र उनले प्रहरीमा जाहेरी दिए ।

प्रहरीले डायना सेकेन्डको खोजी सुरु गर्यो र सोही दिन बेलुका काठमाडौंको नरेफाँटबाट उनी पक्राउ परिन् । उनको कोठामा खानतलासी गिर्दा प्रहरीले २० लाख ८० हजार रुपैयाँ, डायना सेकेन्डको नामको पासपोर्ट, आइएमई गरेको भौचर ४ थान, विभिन्न कार्डहरु १० थान समेत फेलापारेको बताएको छ ।

उनलाई ठगी सम्बन्धि कसुरमा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीलिे जानकारी दिएको छ ।

महोत्तरी जिल्ला औरी नगरपालिका ३ स्थायी ठेगाना भएकी उनले केहि रकम घरमा पठाएको खुलेको पनि प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here