होण्डा स्कुटर तथा मोटरसाइकलको मूल्य बढ्यो, यस्तो छ नयाँ मूल्यसूची

काठमाडौं, १७ भदौ । होण्डाका ७ वटा मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि भएको छ । यसअघि सूचना जारी गर्दै मूल्य बढ्न सक्ने बताएको कम्पनीले ७ वटा मोटरसाइकल तथा स्कुटरको मूल्य बढाएको हो ।

कम्पनीका अनुसार नयाँ मूल्यसूची भदौ १५ गतेबाट लागु भएको छ ।

कम्पनीका अनुसार होन्डा साइनको ४ भेरियन्ट, ग्राजियाको दुई भेरियन्ट र एक्टीभाको एक भेरियन्टमो मूल्य वृद्धि गरेको छ । अन्यको भेरियन्टको मूल्य भने यथावत नै रहेको कम्पनीले जनाएको छ ।

होण्डा साइनका चार भेरियन्ट सीबी साइन डिआरएस, सीबी साइन डिएसएस, साइन एसपी डीआरएस र साइन एसपी डीएसएस रहेका छन् । कम्पनीका अनुसार यी चारवटै भेरियन्टको मूल्य ५/५ हजार रुपैयाँ बढेको छ ।

त्यस्तै, ग्राजिया डिइलएक्स भेरियन्टको मूल्य ७ हजार रुपैयाँ बढेको छ, भने, एकक्टिभा एसटीडी र ग्राजिया एसटीडीको मूल्य ३/३ हजार रुपैयाँ बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here