महामन्त्री बन्न सिटौलाको साथ छोड्दै गगन खुले रामचन्द्र समूहमा

काठमाडौं १७ भदौ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कित्ता परिर्वतन गरेका छन् ।

आसन्न महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका थापा औपचारिकरूपमा रामचन्द्र पौडेल नेतृत्वको समूहमा खुलेका हुन् ।

सानेपास्थित पार्टी कार्यालयमा संस्थापतइतरको भेलामा गगन पुगेका थिए । यसअघि अनौपचारिक बैठकहरूमा कृष्ण सिटौला सहभागी हुन्थे । तर, आज भने छैनन् ।

थापा १३ औ महाधिवेशनमा कृष्ण प्रसाद सिटौलाको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएर पराजित भएका थिए ।

अघिल्लो महाधिवेशनमा महामन्त्रीमा लडेका शशांक, अर्जुननरसिंह र गगन अब एकै ठाउँमा उभिएका हुन् । मञ्चमै देउवा प्यानलबाट महामन्त्री बनेर पराजित भएका अर्जुननरसिंह केसी समेत थिए ।

देउवाविरुद्ध एकल उम्मेदवारको चयन गर्न नसके पनि पौडेल समूहले सहमतिमा एक जनाले मात्र सभापतिमा उम्मेदवारी दिने कार्यक्रममा दाबी गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here