नयाँ पेन्ट स्किमको केटीएम आरसी ३९० नेपाल भित्रियो, मूल्य कति ?

काठमाडौं । नेपाली बजारमा मेटालिक सिल्भर कलरको पेन्ट स्किममा केटीएम आरसी ३९० मोटरसाइकल भित्रिएको छ ।

नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले उक्त मोटरसाइकल नेपाली बजारमा उपलब्ध गराएको हो ।

नेपाली बजारमा पहिले ब्ल्याक एन्ड ह्वाइटको सिंगल कलरमा मात्र उपलब्ध भएकोमा अब नयाँ आकर्षक कलरमा समेत यो मोटरसाइकल उपलब्ध भएको हो । कम्पनीले यसको मूल्य ९ लाख ४४ हजार ९ सय रुपैयाँ नै तोकिएको छ ।

उक्त मोटरसाइकलको नयाँ पेन्टमा आकर्षक ग्राफिक्स पनि दिइएको छ । यसमा केटीएभ आरसी ३९० को ठूलो लोगो देख्न सकिन्छ, जसलाई ओरेन्ज र ह्वाइटमा राखिएको छ । यसमा सिल्भर, ओरेन्ज, ह्वाइट र ब्ल्याक कलरको सन्तुलन गराइएको छ । पहिले जस्तै रिममा ओरेन्ज र च्यासिसमा ब्ल्याक कलर दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here