आइतबारदेखि मनकामना केबुलकार सञ्चालनमा आउने, टिकट डिजिटल किन्न सकिने

काठमाडौं, १९ भदौ । कोरोनाभाइरस दोस्रो लहरका कारण बन्द रहेको मनकामना केबुलकार भोलि आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड अनुसारका नियमहरु अपनाउंदै नेपालको पहिलो केबुलकार सेवा सञ्चालनमा आउन लागेको हो ।

संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगद रहित कारोबारको लागि ई–सेवा, फोन–पे आदि जस्ता डिजिटल माध्यमबाटै यात्रुले केबुलकारको टिकट खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।

त्यसैगरी, केबुलकारको तल्लो स्टेशनमा सञ्चालन गरेको रेष्टुरेष्ट पनि आगामी आइतबारदेखि नै सञ्चालनमा आउने पनि कम्पनीका सञ्चालक राजेशबाबु श्रेष्ठले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here