थप १२६८ जनामा कोरोना संक्रमण पुष्टी, २१९५ जना संक्रमण मुक्त

काठमाडौं, १९ भदौ । पछिल्लो २४ घण्टामा देशभर १२६८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७५३ जनाको पीसीआर परीक्षणमा १०२४ र ३१२२ एन्टिजेन परीक्षणमा २४४ जना गरी १२६८ जनामा संक्रमण पुष्टी भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ६८ हजार २९५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१९५ जना संक्रमण मुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख २५ हजार ६५१ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३१ हजार ८२६ रहेको छ ।

पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here