नेपाल-चीन सीमा अध्ययन गर्न समिति गठन, ओली भन्छन् -‘चीनसँग सीमा विवाद छैन्’

फाइलफोटो

काठमाडौं, १९ भदौ । सरकारले हुम्लाको नाम्खामा सीमाबारे अध्ययन गर्न समिति गठन गरेको छ ।

नाम्खा गाउँपालिका वडा नम्बर ५ र ६ स्थित नेपाल-चीन सीमा अध्ययन गर्न सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ।

समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नापी विभागका अधिकारी सदस्य छन्।

तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनसँग कुनै सीमा समस्या नभएको दाबी गरेका छन्।

शनिबार एमालेको काठमाडौं महानगर कमिटीको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘म भन्न चाहान्छु चीनसँग सीमा विवाद छैन। अहिले समिति बनाएको छ।

कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद छ भनेर समिति बनाउन पर्‍यो? कसलाई खुसी पार्न? यो सरकारलाई चुनौति दिन चाहन्छु यो समितिले कुनै ठाउँ सीमा विवाद छ देखाओस्।’

उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले भारत र चीनसँग तनावग्रस्त सम्बन्ध बनाउँदै लगेको आरोप लगाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here