विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं, २० भदौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५४ र बिक्रीदर ११७ रुपैयाँ १४ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ११ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ २५ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८९ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रीदर ३१ रुपैयाँ ७८ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१रुपैयाँ ८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ९१ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ९ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १० रुपैयाँ ७७ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here