एक हजार पर्यटन श्रमिकका लागि रोजगारी सिर्जनाका लागि पर्यटन बोर्ड र टानवीच सम्झौता

काठमाडौं, २० भदौ । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा सञ्चालित जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना कार्यान्वयनका लागि ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान)सँग सम्झौता गरेको छ ।

शुक्रबार काठमाडौंमा भएको सम्झौताअनुसार करीब एक हजार पर्यटन श्रमिकहरूले अल्पकालीन रोजगार प्राप्त गर्नेछन । कार्यक्रममा पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभिडको कारण पर्यटन क्षेत्रका श्रमिकहरु बेरोजगार भएको अवस्थामा यो कार्यक्रमले थोरै भएपनि श्रमिकलाई राहत दिने बताए ।
बाह्य पर्यटनको सम्भावनालाई कायम राख्दै आन्तरिक पर्यटन जोड दिनु पर्ने अवस्था आएको उनको भनाइ छ ।

कोभिड महामारीले ठूलो पाठ सिकाएको भन्दै उहाँले सरकारले बनाएका नीति नियमलाई टान र पर्यटन बोर्ड मिलेर कार्यान्वयन गदै लैजान सकेमा मात्र पर्यटन विकास गर्न सकिने रिजालको धारणा थियो ।

बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले पर्यटलाई बचाउन पर्यटन श्रमिकहरुलाई टिकाउनु जरुरी भएकाले यो परियोजना ल्याइएको बताए ।

यो ठूलो रोजगारी हाईन तर पनि केही राहत अवश्य दिनेछ । पर्यटन बोर्डले यो कार्यक्रमका माध्यमबाट करिब ७० हजार म्याण्डेज (प्रतिदिनको काम )देखि १ लाख म्याण्डेजको काम दिने लक्ष्य लिएको छ, रेग्मीले भने ।

टानका अध्यक्ष खुमबहादुर सुवेदीले नेपालको समग्र पर्यटनमा टे«किङ क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यो संकटमा त्यो क्षेत्रको श्रमिकहरुलाई बचाई राख्न सकेमा मात्र भोलिका दिनमा काम गर्न सजिलो हुने धारणा राखेका थिए । सुवेदीले टानले नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर पर्यटन विकास र प्रवद्र्धनको कामलाई अघि बढाउने पनि बताए ।

बोर्डले यस अघि होटल एशोसिएसन नेपाल (हान), नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) र नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेस्निस (नारा) सँग यस प्रकारको सम्झौता गरिसकेको छ ।

यसबाट विशेषगरी पर्यटन क्षेत्रका श्रमिक तथा मजदूरलाई राहत पुग्ने उसको भनाइ छ । दुई वर्ष ६ महिना अवधिको परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर तथा युएनडीपीका तर्फबाट १० लाख ५० हजार सहलगानी गरी कूल २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गर्नेछ ।

पर्यटन क्षेत्रका करिब ५ हजार मजदूरलाई अल्पकालीन रोजगारी सिर्जना गरी राहत पु¥याउने परियोजनाको लक्ष्य छ । यस्तै बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरि थप दुई हजारभन्दा बढीलाई रोजगारी दिइने लक्ष्य लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here