‘गृहमन्त्रालय कसको दलाली गर्दैछ,जो एमसीसी विरुद्ध नबोल भन्दै सूचना निकाल्छ’

काठमाडौं, २० भदौ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले गृहमन्त्रालयले दलालीको काम गरेको आरोप लगाएका छन् ।

आइतबार रिपोटर्स क्लबमा भएको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष रावलले गृहमन्त्रालयले दलालीको काम गरेर एमसीसी विरुद्ध नबोल्नको लागि सूचना जारी गरेको बताएका हुन् ।

‘एमसीसीको विरुद्धमा बोल्न नपाईने भन्दै सूचना जारी गरेको छ, म मन्त्रालयलाई प्रश्न गर्छु, मन्त्रालयले कस्को दलाली गर्दैछ जो एमसीसी विरुद्ध नबोल भन्दै छ ।’ उनले भने, ‘यस्ता सूचनालाई देशभक्त नेपालीले जुत्ताले कुल्चेर फालिदिन्छन् ।’

कार्यक्रममा एमसीसी देशघाती भएको कारण कुनैपनि हालतमा अनुमोदन गर्न नहुने समेत उपाध्यक्ष डा। रावल बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here