शेयर बजार राताम्मे, नेप्से १०८ अंकले घट्दा २४ कम्पनीमा नेगेटिभ सर्किट

काठमाडौं, २० । साताको पहिलो कारोबार दिन आज शेयर बजार ११० अंकले घटेको छ । आइतबार नेप्से परिसूचक १०८.२६ अंकले घटेर २८१८.७३ अंकमा झरेको हो । यो कारोबार भएको अघिल्लो दिनको तुलनामा ३.७७ प्रतिशत कम हो ।

आइतबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज इन्डेक्स १९.९५ अंकले घटेर ५२१.८३ अंकमा झरेको छ ।

आज सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै फाइनान्स समुहको सूचक घट्यो । फाइनान्सको सूचक ८.०१ प्रतिशत घट्यो । त्यस्तै, विकास बैंकको ७.२१ प्रतिशत, हाइड्रोपावरको ६.५१ प्रतिशत घट्यो ।

आइतबार २२३ कम्पनीको २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब २४ करोड रुपैयाँको कारोबार भयो ।

आज सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा सर्किट लाग्यो । कम्पनीको शेयर मूल्य ९.९७ प्रतिशत बढ्यो ।

त्यस्तै, आइतबार २४ कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लाग्यो ।

आज सबैभन्दा धेरै कारोबार अरुण भ्याली हाइड्रोपावरले गर्यो । कम्पनीले ७० करोड ३३ लाखको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here