सुनचाँदी व्यवसायी महासंघ र एनएलजी इन्स्योरेन्सवीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, २० भदौ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र एनएलजी इन्स्योरेन्सवीच आइतबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

दुई संस्थावीच सरल र सहजरुपमा इन्स्योरेन्सको कामगर्ने बिषयको समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य र एनएलजी इन्स्योरेन्सका प्रमूख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले सो समझदारीपत्रमा हस्ताक्षर गरे ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार यो समझदारी सँगै अव मुलुकभरका सुनचाँदी ब्यवसायीले एनएलजी इन्स्योरेन्स कम्पनीसँग सहज र सरलरुपमा इन्स्योरेन्स गरी व्यवसायीक लाभ लिन सक्नेछन् ।

देशभरका सवै जिल्ला तथा नगर एवं एशोसिएटस सदस्यहरुले कम्पनीको कुनै पनि शाखावाट यो सुविधा लिन सक्ने उनले बताए ।

कर्यक्रममा एनएलजी इन्स्योरेन्सका प्रमूख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले दुई संस्थावीच भएको समझदारीले सुनचाँदी ब्यवसायी महासंघमा आवद्ध व्यवसायीहरु लाभान्वित हुने धारणा राखे ।

यसक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले दुई संस्थाबीच भएको समझदारी र त्यसवाट ब्यवसायिले लिनसक्ने लाभका बारेमा प्रकाश पारेका थिए ।

महासंघका प्रवक्ता मनोज शाहले व्यवसायी को हितकालागि महासंघले एनएलजी इन्स्योरेन्स कम्पनीसँग समझदारी गरेको बताए ।

सुनचाँदी ब्यवसाय आफैंमा अत्यन्तै संवेदनशील ब्यवसाय हो । यसर्थ यस ब्यवसायमा आवद्ध ब्यवसायीहरुका लागि यो सम्झौताले महत्वपूर्ण लाभ पुग्ने बिश्वास लिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here