बाबुरामले भने- ‘राष्ट्रिय सहमति गरेर एमसीसी पारित गरौं’

काठमाडौं, २१ भदौ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना (एमसीसी) राष्ट्रिय सहमति गरेर पारित गर्नुपर्ने बताएका छन् ।

एमसीसीको पक्ष र विपक्षमा बहस भइरहेका बेला पूर्वप्रधानमन्त्री भट्टराईले ट्वीटरमा एक पोस्ट लेख्दै उनले एमसीसी र बीआरआईलाई अगाडि बढाउनुपर्ने बताएका हुन् ।

उनले भनेका छन्-‘यसमा राष्ट्रिय सहमति गरौं : १ उच्चस्तरीय राजनीतिक/कुटनीतिक वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी असल छिमेकी बनौं, २ चीनसँगका BRI पारवहन लगायत सम्झौता कार्यान्वयन गरौं, अमेरिकासँग चिठी आदानप्रदान सहितः MCC कार्यान्वयन गरौं । युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौं !’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here