शेयर लगानीकर्ताको मनोबल घट्ने कुनै काम नगर्न अर्थमन्त्रीको निर्देशन

फाइलफोटो

काठमाडौं, २१ भदौ । शेयर बजार लगातार ओरालो लागेपछि अर्थमन्त्री जनार्दन शर्माले चासो लिएका छन् । शर्माले पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका हुन् ।

सो क्रममा अर्थमन्त्री शर्माले शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गर्दै बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन गभर्नरलाई निर्देशन दिएका छन् ।

कुराकानीका क्रममा ‘उहाँले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भन्नु भएको छ ।’ अर्थमन्त्रीको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ-‘जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।’

राष्ट्र बैंकले शेयर धितोमा १२ करोडभन्दा बढी ऋण लिएर शेयरमा लगानी गर्न नपाउने नीति बनाएपछि शेयर बजारमा त्यसको नकरात्मक प्रभाव परेको थियो । आइतबार तीन अंकको गिरावट आएको शेयर बजारमा सोमबार कारोबार सुरु भएदेखि नै लगातार नेप्से परिसूचक बढिरहेको छ । सोमबार लगभग सबै कम्पनीका शेयर मूल्यमा वृद्धि भएको छ ।

शेयर धितो कर्जामा पश्चात बजार निरन्तर ओरालो बाटो लागेपछि सेयर लगानीकर्ताहरु आन्दोलित छन्। आन्दोलित लगानिकर्ताहरुले आज नेपाल राष्ट्र बैंक घेराउ समेत गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here