११५ अंकले बढ्यो शेयर बजार, ११ कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, २१ भदौ । आइतबार सक्रिट ब्रेक लागेर कारोबार भन्द भएको शेयर बजार सोमबार १ः३० बजेसम्म ११५.१४ अंकले बढेर २९३३.९८ अंकमा पुगेको छ ।

सेन्सेटिभ इन्डेक्स २१.८६ अंकले बढेर ५४३.८५ अंकमा पुगेको छ ।

आज ११ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्नेमा अधिकांश हाइड्रोका कम्पनी छन् ।

अहिलेसम्म २१८ कम्पनीको ९९ लाख ५१ हजार ३२६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५८ करोडको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here