भृकुटीमण्डपको सुज ग्यालरीमा ‘बिग डिस्काउन्ट बिग अफर’ मेला सुरु

काठमाडौं, ९ असार । राजधानीको भृकुटीमण्डप स्थित सुज ग्यालरीको सोरुममा आइतवार देखि ‘बिग डिस्कान्ट बिग अफर’ मेला सुरु भएको छ ।

नेपाली जुत्ता तथा चप्पललाई स्वदेशमै प्रर्वद्धन तथा बजारीकरण गर्ने उद्देश्यका साथ चर्चित नेपाली ब्राण्डहरु बिएफ डियरहिल, कोशेली, रोयल सुज, रन सुज, क्रसरोड, म्याजिक लगायतका ब्राण्डहरु विशेष छुटमा दिने गरी मेला आयोजना गरिएको हो ।

‘नेपाली जुत्ता तथा चप्पल प्रति रुचि राख्ने ग्राहकहरुको मागलाई मध्यनजर गर्दै ‘बिग डिस्कान्ट बिग अफर’ मेला सञ्चालन गरिएको हो’, ‘बिग डिस्कान्ट बिग अफर’ मेलाको उद्घाटनमा सुज ग्यालरीका अध्यक्ष भिमलाल पौडेलले भने, ‘यसले ग्राहकहरुमा नेपाली जुत्ता तथा चप्पलहरु खरिदमा आकर्षण बढ्छ भन्ने हाम्रो विश्वास छ र आगामी दिनमा पनि यस्ता अफरहरु ग्राहकसामु लिएर आउने छौ ।’

अफर अन्र्तगत २५० रुपैयाँमै चप्पल ५०० रुपैयाँमै जुत्ता खरिद गर्न सकिनुका साथै १५ देखी ६० प्रतिशतसम्म छुटको व्यवस्था रहेको आयोजकले बताएको छ ।

‘बिग डिस्कान्ट बिग अफर’ अन्र्तगत सबै ब्राण्डका स्पोर्टस्, क्याजुयल, पार्टी, अफिसियल, कलेज/स्कुल र लेडीज जेन्स, सबै वर्ग उमेर र समूहलाई हुने जुत्ता तथा चप्पलहरु बिक्रि वितरणका लागि राखिने छन्् । साथै मेलामा ६ महिनाको वारेण्टी पनि रहेको बताइएको छ ।

अफर असार ८ गतेदेखी सिमित अवधिसम्म चल्ने आयोजक सुज ग्यालरीका अध्यक्ष पौडेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here