काठमाडौं, २१ भदौ । आइतबार सक्रिट ब्रेक लागेर घटेको शेयर बजारले सोमबार कमब्याक गरेको छ । सोमबार नेप्से परिसूचक १६१.९४ अंकले बढेर २९८०.७९ अंकमा पुगेको छ । यो संख्या आइतबारको तुलनामा ५.७४ अंकले बढी हो । यो अहिलेसम्मकै उच्च अंकको वृद्धि हो ।
सोमबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । आज इन्डेक्स ३१.४१ अंकले बढेर ५५३.४० अंकमा पुग्यो ।
आज ३ समुहको सूचक ९ प्रतिशतभन्दा धेरै बढ्यो । यस दिन सबै समूहमा हरियाली छाएको छ। बैंकिङ ७८, ब्यापार १३३, होटल तथा पर्यटन १९४, विकास बैंक ५०३, जलविद्युत २८३, फाइनान्स २५६, निर्जीवन बीमा ६४३, उत्पादन ३९८, अन्य १५०, माइक्रोफाइनान्स २४१, जीवन बीमा ८१७ र लगानी समूह ६ अंकले बढेका छन्।
आइतबारको तुलनामा आज कारोबार रकममा पनि वृद्धि भएको छ । सोमबार २२४ कम्पनीको १ करोड ७९ लाख २२ हजार ५८८ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ८२ करोडको का्रोबार भयो ।
सोमबार ७० वटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमध्ये ४५ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, ८ कम्पनीको ९.९९ प्रतिशत, ७ कम्पनीको ९.९८ प्रतिशत बढ्यो । त्यस्तै, अन्य कम्पनीको ९.५० प्रतिशतभन्दा धेरै बढ्यो ।
सोमबार ८ कम्पनीको शेयर मूल्य घट्यो ।
आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको ४६ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, हिमालयन डिस्ट्रलरीको झन्डै २७ करोड र माथिल्लो तामाकोशी २५ करोड सहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

























