तेह्रथुम पावरको आइपीओ बाँडफाँड कहिले ?

काठमाडौं, २१ भदौ । तेह्रथुम पावर कम्पनीको प्राथमिक शेयर (आइपीओ) यसै साता बाँडफाँड हुने भएको छ ।

बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको अनुसार मंगलबार अलोटमेन्ट सम्पन्न गरी बुधबार बाँडफाँड गर्ने तयारी गरेको हो ।

यद्दपि, समय र स्थानको भने टुंगो भने लागिसकेको छैन । यता, तेह्रथुमको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले शेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ ।

यसमा २३ लाख ९६ हजार ३४८ जना आवेदकबाट कुल ३ अर्ब १२ करोड ४६ लाख ९१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको ७ लाख ४४ हजार कित्तालाई आधार मान्दा ७४ हजार ४०० हजार आवेदकले १० कित्ताका दरले शेयर हात पार्ने देखिएको छ ।

२३ लाख २१ हजार ९४८ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

कम्पनीले भदौ ९ देखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियोे ।

निष्काशित कुल शेयरमध्ये १६ हजार कित्ता आयोजनाका कर्मचारी (२ प्रतिशत) र ४० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषहरु र ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधरणका लागि छुट्याइएको थियो ।

कम्पनीले धितोपत्र बोर्डबाट १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपीओ विक्री गर्न अनुमति पाएको थियो ।

जसमा कम्पनीले पहिलो चरणमा साउन ५ देखि आयोजना प्रभावित क्षेत्र तेह्रथुमबासीलाई ४ लाख कित्ता जारी गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here