थप १८९७ जनामा कोरोना पुष्टी, १७४३ जना संक्रमण मुक्त

काठमाडौं, २१ भदौ । पछिल्लो २४ घण्टामा देशभर १८९७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६०९ पीसीआर परीक्षण गर्दा १४८८ जना र ४३७० एन्टिजेन परीक्षण गर्दा ४०९ गरी १८९७ जनामा कोरोना पुष्टी भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ७० हजार ७५९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १७४३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख २८ हजार ९२८ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३० हजार ९७३ रहेको छ ।

पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here