एनबीआई र इमीरेट्स इन्ष्टिच्युट फर बैकिङ एण्ड फाइनान्सीयल स्टडिज बीच सम्झौता

काठमाडौं, ९ असार । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट(एनबीआई) र इमीरेट्स इन्ष्टिच्युट फर बैकिङ एण्ड फाइनान्सीएल स्टडीज (इआईबिएफएस) बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

दुवै संस्थाबीचमा तालिम, शिक्षा तथा अनुसन्धानको क्षेत्रमा रणनीतिक सम्बन्ध स्थापित गर्ने सम्झौंता भएको हो ।

आइतवार इआईबिएफएसको दुबई स्थित कार्यालयमा समझदारीपत्रमा एनबीआईका प्रमूख कार्यकारी अधिकृत सञ्जीब सुब्बा र इआईबिएफएसका महाप्रबन्धक जमल अह्मेद अल जस्मीले समझदारीपत्रमा हस्ताक्षर गरे ।

दुई संस्थाबीचको सम्बन्धले बैंक तथा वित्तीय संस्थाहरुका लागि आयोजना गरिने सभा, सम्मेलन, गोष्ठी तथा सामुहिक छलफल जस्ता कार्यक्रमहरुलार्ई प्रभावकारी बनाउनको लागि तालिम तथा सिकाईको थप अवसरहरु सिर्जना हुने एनबीआईले बताएको छ ।

सन् १९८३ मा स्थापित इआईबिएफएसले बैंक तथा वित्तीय संस्थाहरुको लागि तालिम, शिक्षा लगायतका क्षेत्रमा विश्वस्तरीय कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ । यस संस्था अन्तर्गत सारजाह, अवुधावी र दुबईमा क्याम्पसहरु सञ्चालनमा रहेका छन् ।

विश्वस्तरीय अग्रणी संस्थाहरु तथा विश्वविद्यालयहरु संग सहकार्य गर्दै यस संस्थाले संयुक्त अरब ईमिरेट्सका बैंक तथा वित्तीय संस्थाहरुको लागि उत्कृष्ट कार्यक्रम तथा पाठ्यक्रमहरु विकास एवं अवलम्वन गर्दै आईरहेको बैंकले बताएको छ ।

इआईबिएफएसले तालिम, शिक्षा तथा अनुसन्धान सम्बन्धि संयन्त्रहरुमा पुग्ने एनबिआइएको पहुँच मार्फत नेपालमा समेत बैंक तथा वित्तीय संस्थाहरु सम्बन्धी तालिम, शिक्षा तथा अध्ययन अनुसन्धानको लागि अवसरहरु थप हुने अपेक्षा राखिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here