१६ समूहका १६० जनाले लिए हिमाल आरोहणको अनुमति

फाइलफोटो

काठमाडौं, २२ भदौ । कोभिड–१९ महामारीको प्रतिकूल परिस्थितिका बावजुद पनि आरोहीले हिमाल आरोहण अनुमति लिएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागको तथ्यांक अनुसार शरद् ऋतुमा १६ समूहका १६० जनाले अनुमति लिएका हुन् ।

अनुमति लिनेमध्ये गोरखामा अवस्थित ८ हजार १ सय ६३ मिटर उचाइको मनास्लु हिमाल आरोहणका लगि १५७ जनाले तथा बाँकी तीन जनाले कञ्चनजङ्गा हिमाल आरोहणको स्वीकृति पाएका छन् ।

कोरोना महामारीका कारण नेपालले विदेशीलाई हिमाल आरोहण वा पदयात्रामा जानुअघि ७ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्ने नियम अनिवार्य गरेको छ । नेपाल आउनुअघि विदेशीले ७२ घन्टाको पीसीआर गरी रिपोर्ट नेगेटिभ आएको हुनुपर्छ ।

गत वर्ष शरदयाममा विभागले ६ हजारदेखि ८ हजार माथिका ७ वटा हिमालका लागि ५८ जनालाई अनुमति दिएको थियो । जसमा ९ जना नेपाली थिए ।

नेपालले वसन्त, शरद र हिउँद/ग्रीष्म गरी तीन सिजन हिमाल आरोहण सञ्चालन गर्छ । वसन्तकालीन सबैभन्दा महँगो र हिउँद/ग्रीष्म सबैभन्दा सस्तो सलामी दस्तुर भएका सिजनमा पर्छन् ।

शरदकालीन हिमाल आरोहण सेप्टेम्बरदेखि नोभेम्बर महिनासम्म चल्छ । यो सिजनमा हिमाल आरोहणको दाँजोमा नेपालमा पदयात्रा अत्याधिक हुने सिजन हो । शरदयाममा विदेशीहरुको रोजाइमा मनास्लु हिमाल पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here