काठमाडौं, २२ भदौ । आज निजामती कर्मचारी दिवस । ब्यावसायिक र सिर्जनशील प्रशासन, बिकास, समृद्धी र सुशासनको नारासहित यो दिवस देशभर मनाईदै छ । सरकारले २०६१ सालदेखि निजामती सेवा दिवस मनाउन थालेको हो ।
निजामती कर्मचारी दिवसको वसरमा सरकारले मंगलबार ४० निजामती कर्मचारीलाई पुरस्कृत गर्दैछ । निजामती सेवा दिवस, २०७८ का अवसरमा उनीहरुलाई पुरस्कृत गर्न लागिएको हो।
पुरस्कृतमध्ये १० कर्मचारीलाई ‘उत्कृष्ट निजामती सेवा पुरस्कार’ प्रदान गरिनेछ भने ३० जना निजामती सेवा पुरस्कारबाट सम्मानित हुनेछ ।
निजामती सेवा दिवसको अवसरमा हरेक वर्ष एक जनालाई सर्वोत्कृष्टसहित ४१ जना कर्मचारीलाई पुरस्कृत गर्नुपर्ने कानुनी प्रावधान छ ।
तर, प्रावधानअनुसार सरकारले एक जना सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा ४० जना मात्रै पुरस्कृत हुने भएका छन् ।
मन्त्रिपरिषद्कोे भदौ २१ को निर्णयबाट उनीहरुलाई पुरस्कृत गर्ने निर्णय भएको थियो ।