फेरिए काठमाडौं सिडिओ, गृहका सहसचिव गोविन्द रिजाललाई जिम्मेवारी

काठमाडौं, २२ भदौ । काठमाडौं जिल्ला प्रशासनका प्रमुख फेरिएका छन्। गृह मन्त्रालयले यसअघि सिडिओ रहेका कालीप्रसाद पराजुलीलाई गृहमा तानेको हो।

उनको ठाउँमा गृहका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको गृहले जनाएको छ। पराजुलीले गत मंसिरमा काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए।

प्रमुख जिल्ला अधिकारीको पदावधि एक वर्षको हुने गर्छ। पछिल्लो समय सिडिओ पराजुलीले काठमाडौंको चन्द्रागिरि रिसोर्टलाई स्वास्थ्य मापदण्ड पालना नगरेको भन्दै स्पष्टीकरण सोधेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here