शेयर बजारः नेप्से ४४ अंकले घट्दा साढे ७ अर्बको कारोबार

काठमाडौं, २२ भदौ । साताको तेस्रो कारोबार दिन आज शेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से परिसूतचक ४४.१८ अंकले घटेर २९३६.६१ अंकमा झरेको हो ।

मंगलबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज इन्डेक्स ५.०५ अंकले घटेर ५४८.३६ अंकमा झर्यो ।

आज अन्य र सामुहिक लगानी कोष बाहेक अन्य सबै समुह घट्यो । अन्य समुहको सूचक १.०१ बढ्यो भने सामुहिक लगानी कोषको सूचक ०.५६ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै होटल एण्ड टुरिजम समुहको सूचक घट्यो । यस समुहको सूचक २.९९ प्रतिशत घट्यो । त्यस्तै, लघुवित्तको २.५८ प्रतिशत घट्यो ।

मंगलबार कारोबार रकममा पनि कमी आयो । आज २२२ कम्पनीको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४९ करोड रुपैयाँको कारोबार भयो ।

आज एक कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमा सानिमा लाइफ इनस्योरेन्स छ ।

सबैभन्दा धेरै गुमाउनेमा आरएमडीसी लघुवित्तको शेयर धनी छन् कम्पनीको शेयर मूल्य ७.७३ प्रतिशत घट्यो ।

मंगलबार सबैभन्दा धेरै कारोबार यूनाइटेड मोदी हाइड्रोले गर्यो । कम्पनीले ६१ करोडको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here