थप १६७७ जनामा कोरोना पुष्टी, २०७२ जना संक्रमण मुक्त

काठमाडौं, २२ भदौ । पछिल्लो २४ घण्टामा देशभर १६७७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १११ पीसीआर परीक्षण गर्दा १४२३ जना र ३९२३ एन्टिजेन परीक्षण गर्दा २५४ गरी १६७७ जनामा कोरोना पुष्टी भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ७२ हजार १८२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २०७२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख १३ हजार जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३० हजार ३०३ रहेको छ ।

पछिल्लो २४ घण्टामा २१ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ८७९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here