जेएलपीटी आवेदन फारम शुल्क खल्तीबाटै तिर्न सकिने

काठमाडौं । खल्तीले जाल्टानसँगको सहकार्यमा जापानी भाषा प्रवीणता परीक्षणको आवेदन फारम शुल्क खल्तीबाट सजिलै भुक्तानी गर्न सकिने सुविधा ल्याएको छ । यस पश्चात परीक्षाको फारम भुक्तानी मात्र खल्तीबाट गर्न सकिने छ ।

विगतका वर्षहरुमा परीक्षा शुल्क तिर्ने अन्य विकल्प नहुँदा परीक्षार्थीहरु जाल्टानको कार्यालय भृकुटिमण्डप नै पुगेर घन्टौँ लाईन बसी शुल्क तिर्ने झन्झट गर्नु पर्थ्यो। यस समस्यालाई मध्यनजर गर्दै खल्तीले अनलाईन भुक्तानी प्रणालीको व्यवस्था गरेको हो ।

यसको लागि जाल्टानका अध्यक्ष पूर्ण काजी प्रजापति र खल्ती वालेटका प्रबन्धक जोनाम भुर्तेल बीच सम्झौतामा भएको हस्ताक्षर भएको छ ।

जेएलपीटी को आवेदन फारम यसको आधिकारीक वेबसाइट अनलाइनबाट पेमेन्ट विकल्पको रुपमा खल्ती छनौट गरी तुरुन्त भुक्तानी गर्न सकिन्छ। आवेदन फारम शुल्क रु। ३००० रहेको छ।

आवेदन फारम संख्या सीमित भएकोले सिट संख्या सकिएपछि निर्धारित समय अगावै अनलाइन आवेदन फारम दर्ता प्रक्रिया स्वतः बन्द हुनेछ ।

फारम भर्ने मिति भाद्र २२ देखि असोज २ गते सम्म रहेको छ। ५ डिसेम्बर २०२१ मा संचालन हुने उक्त परिक्षामा उत्तीर्ण भई छनौट हुने १००० जनाले रोजगारको लागि जापान जान पाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here