‘जनताको पैसा बोकेर जथाभावी गर्न छुट छैन’

काठमाडौ ९, असार । जिम्मेवार भएर बैकिङ गतिविधि गर्न राष्ट्र बैंकका गभर्नर चिरञ्जिबी नेपालले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका छ्न । बैंक तथा वित्तीय संस्था जिम्मेवार नभएकै कारण राष्ट्र बैंकले समय समयमा कडा नीति जारी गर्नु परेको उनले बताए ।

अन्य व्यवसायको तुलनामा बैकिङ विशुद्ध फरक भएकाले त्यसको मर्यादा राख्न उनले बैंकहरुलाई निर्देशन दिए । सोमबार आयोजित आगामी वर्षको मौद्रिक नीति सम्बन्धी छलफल कार्यक्रममा गभर्नर नेपालले यस्तो बताएका हुन् । छलफल कार्यक्रम आईबीएन मिडियाले आयोजना गरेको हो ।

‘जनताको पैसा बोकेर जथाभावी गर्न पाएदैन,’ उनले भने, ‘पब्लिकको पैसा सुरक्षित र सहि ठाउँमा उपयोग गर्न पाइन्छ । तर, गलत प्रयोग गर्ने छुट हुदैन ।’
मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको मर्जर सम्बन्धी बाध्यात्मक व्यवस्था ल्याइने उनले बताए । वजेटमा सरकारले ठूला मर्जरलाई प्रोत्साहन गरिने नीति लिइसकेकाले अब बाध्यात्मक मर्जरमा जानु पर्ने बेला भएको उनले बताए । छलफलमा राष्ट्र बैंकले स्वेच्छिक मर्जरलाई प्राथमिकता दिनु पर्ने सुझाब आएको छ ।

राष्ट्र बैंकले दीर्घकाललाई लक्ष्यित गरी नीति निर्देशन जारी गर्दै आएको उनले बताए । यसकारण बैंक तथा वित्तीय संस्थालाई जिम्मेवार बन्न पनि उनले आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here