वर्ल्डलिंकले सुरु गर्‍यो ३०० एमबीपीएस क्षमताको इन्टरनेट

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले अब घरभरि सबै तल्लामा समान गतिको इन्टरनेट उपलब्ध गराउने भएको छ। वर्ल्डलिंक फोटोन स्किम अन्तर्गत यो इन्टरनेट सेवा सुरू गरेको हो।

फोटोन उच्च गतिको इन्टरनेट हो। यसले घरभरि समान रूपमा इन्टरनेट उपलब्ध गराउँछ। नेपालमा पहिलो पटक ३०० एमबीपीएससम्मको गतिमा इन्टरनेट उपलब्ध हुने कम्पनीले जनाएको छ।

फोटोन स्किममा ग्राहकहरुले मेस वाइफाइ प्रणाली‍बाट घरभरि नै धेरै उच्च गतिमा इन्टरनेट प्राप्त गर्ने छन्। यस्तो वाइफाइ प्राप्त गर्न नोकियाको बेकन १.१ राउटरहरु प्रयोग गरिनेछ। यसले हाल घरहरुमा भइरहेको ढिला गतिका इन्टरनेटको समस्याको समाधान मेस वाइफाइले गराउने छ।

इन्टरनेट प्रयोगको एक उत्कृष्ट अनुभव दिन वर्ल्डलिंकले घरभित्र धेरै राउटरहरुलाइ नेटवर्किंग गर्नेछ। मेस वाइफाइ प्रणाली स्मार्ट जडानमा आधारित प्रणाली हो। यस्तो प्रणाली बिस्तारिकरण राउटर भन्दा धेरै राम्रो हुन्छ। मेस वाइफाइमा सबै राउटरहरु एक अर्कासँग जोडिएका हुन्छन्। त्यसमा म्यानुअल रूपमा वाइफाइ प्रयोगकर्ताको युजरनेम परिवर्तन गर्ने आवश्यकता पर्दैन। ग्राहकहरुले घरभरि इन्टरनेटको गतिमा कुनै परिवर्तन बिना राउटरलाइ सार्न सक्नेछन्।

नयाँ इन्टरनेट सेवा सार्वजनिक कार्यक्रममा बोल्दै वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष दिलीप अग्रवालले भने, ‘हामी विश्वव्यापी इन्टरनेट प्रविधिको उत्कर्ष सीमामा छौँ र हाम्रो घरमा इन्टरनेट को गति निरन्तर बढाउनु पर्ने आवश्यकताका साथसाथै अत्याधुनिक उपकरण र प्रविधिसँगै एउटा गुणस्तरीय घरेलु नेटवर्किङ गर्नुपर्ने हुन्छ।

घरमा भएका विभन्न उपकरणहरु इन्टरनेटसँग जोडिएका हुन्छन्। त्यसैले हामीले नेपालमा पहिलो पटक ३०० एमबिपीएस गतिको वर्ल्डलिंक फोटोन सिरिज र यसको साथमा नोकिया बिकन १.१ राउटरको सँगै मेस वाइफाइ होम सोलुसन शुरू गरेका छौँ। यस्तो गतिको इन्टरनेट उपलब्ध गराउन पाउँदा हामीलाइ गर्व लागेको छ। यी उपकरणहरुको नेटवर्किङ गर्दा घरमा अन्य नेटवर्किङ मापदण्डहरुको जाँच उत्कृष्ट जडान प्रक्रियको माध्यमबाट गरिनेछ।

हामीले हाम्रा ग्राहकहरुलाई उनीहरुको घर परिसरमा एक अतुलनीय ब्रा‘डब्यान्डको अनुभव दिन सक्छौं भन्ने कुरामा म विश्वस्त छु। अहिलेसम्म नेपालको इन्टरनेट सेवामा एक अपूर्ण अन्तर थियो। अब वर्ल्डलिंकले ल्याएको उच्च गतिको इन्टरनेट सुलभ मूल्यमा उपलब्ध हुनेछ। यसले सबैको घरलाइ स्मार्ट बनाउने छ। अहिले हामीले काठमाडौँमा फोटोन सेवा प्रदान गर्न हाम्रो नेटवर्कलाई अध्यावधिक गरेका छौँ। हामी अन्य शहरहरुमा पनि फोटोन सेवा चाँडै नै शुरू गर्नेछौँ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here