नि:शुल्क सीप मूलक तालिमको अवसर, कसरी दिने आवेदन ?

काठमाडौं, २३ भदौ । व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानले आठ कक्षा उत्तीर्णलाई नि:शुल्क सीप मूलक तालिमको लागि आवेदन खुलाएको छ ।

प्रतिष्ठानले पाँच प्रकारका सीपमुलक तालिमका लागि आवेदन माग गरेको हो ।

बुधबार जारी गरेको एक सूचना अनुसार अटोमेकानिक्स, मोटरसाइकल मर्मत, इलेक्ट्रिकल, व्यूटिसियन र सिलाई कटाईको तालिममा सहभागि हुन इच्छुकले आवेदन दिन सक्नेछन् ।

आठ कक्षा उत्तिर्ण, १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेका नेपाली नागरिकले यो तालिममा सहभागि हुन सक्नेछन् ।

सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन दिइसक्नुपर्ने बताएको छ। आवेदन दिनका लागि प्रतिष्ठानको वेबसाइटमा गएर डाउलोड गर्न सकिने छ।

आवेदन दिंदा नेपाली नागरिकता र आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी फारमसँगै बुझाउनुपर्ने छ।

आवेदनमाथि छनौट समितिको निर्णयअनुसार आवेदकहरुलाई अन्तर्वार्तामा बोलाइने छ।

अन्तर्वार्ताबाट छनौट भएकाहरुले तालिममा सहभागी हुने अवसर पाउने छन्। यो तालिममा सहभागी हुनेहरुले खाने बस्ने आफै व्यवस्था गर्नुपर्ने छ।

यी सबै तालिम ३९० घण्टा अवधिका हुनेछन्। तालिम सबै ललितपुरको भैसेपाटीस्थित प्रतिष्ठानमै हुने छन्।