रिचार्ज कार्ड किन्नेको सङ्ख्या घट्दै, ४२ प्रतिशत रिचार्ज डिजिटल माध्यमबाटै

काठमाडौं, २३ भदौ । नेपाल टेलिकमको रिचार्ज कार्ड किन्ने मानिसको सङ्ख्या घटेको छ ।

डिजिटल प्रणालीबाटै मोबाइलमा रिचार्ज गर्नेको सङ्ख्या बढेसँगै नेपाल टेलिकमको रिचार्ज कार्ड किन्नेको सङ्ख्या घटेको हो । नेपाल टेलिकमले जारी गरेको पछिल्लो विवरण अनुसार कुल रिचार्जको ४२ प्रतिशत रिचार्ज डिजिटल माध्यमबाट हुने गरेको छ ।

प्रविधिको प्रयोग बढेसँगै विद्युतीय तरिकाले रिचार्ज अर्थात् टपअप गर्ने अनुपात बढेको टेलिकमले बताएको छ ।

मोबाइल बैङ्किङ, डिजिटल वालेट तथा अन्य भुक्तानी माध्यमको प्रयोग बढेसँगै मोबाइल टपअप गर्नेको सङ्ख्या पनि बढेको टेलिकमको तथ्यांकले देखाउछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here