पुनर्बीमा कम्पनीको प्रस्तावित लाभांश परिमार्जन

काठमाडौ २३ भदौं । नेपाल पुनर्बीमा कम्पनीले यस अघि प्रस्ताव गरेको लाभांश प्रस्ताव परिमार्जन गरेको छ ।

यस अघिको कुल २० प्रतिशत लाभांश प्रस्ताव परिमार्जन गरी १९ प्रतिशत कायम गरेको हो ।

जसमा हाल कायम चुक्ता पूँजीको १६.५ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव गरेको थियो ।

परिमार्जन लाभांश अनुसार चुक्ता पूँजीको १६.५ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय कम्पनीले गरेको छ। संशोधित लाभांश अर्थ मन्त्रालय र बीमा समितिको स्वीकृति तथा कम्पनीको साधरणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले भारत लगायत अन्य देशमा शाखा सञ्जाल विस्तार गर्नका लागि थप पूँजी आवश्यक परेको जनाउदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here