काठमाडौं, २३ भदौ । सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
बुधबार कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेसंगै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । सर्किट लागेसंगैं कम्पनीको शेयर मूल्य ४५.२० रुपैयाँले बढेर ४९७.४० रुपैयाँमा पुगेको छ ।
कम्पनीको पहिलो कारोबार ३०९ रुपैयाँमा भएको थियो ।