थाहा पाइराखाैं, आत्मविश्वासी मानिसहरुले के गर्छन् ? के गर्दैनन् ?

कुनै पनि मानिस सफल हुनको लागि उसमा आत्म विश्वास हुन धेरै नै आवश्यक छ । यदि मानिसमा आत्मविश्वास छैन् र आफ्नो विश्वास आफैले गर्न सक्दैन भने ती मानिसले जीवनमा सफलता हात पार्न सक्दैनन् ।

तपाईंमा भरपुर आत्मविश्वास छ भने अरुसँग आफू कति पर्फेक्ट छु, केहि काम गर्न सक्छु कि सक्दिन भनेर सोधिरहन पर्दैन । यस्ता मानिस आफ्नो जीवन राम्रो बनाउनका लागि आफैमा विश्वास गर्ने गर्छन ।

तपाईंमा आत्मविश्वास छ कि छैन भन्ने कुरा तपाईंको बोलीचाली र व्यवहारबाटै थाहा हुन्छ । आत्मविश्वासले तपाईंको उर्जा बढाउन मद्दत गर्छ । हरेक मानिसलाई सफल बन्नको लागि आत्वविश्वास हुन आवश्यक हुन्छ तर धेरै आत्मविश्वास भएमा पनि त्यो राम्रो हुँदैन ।

त्यसैले मानिसमा ओभर कन्फिडेन्स अर्थात धेरै आत्मविश्वास हुनुहुँदैन । यस्ता मानिसहरु घमण्डी र आफूले जेभन्यो त्यहि मात्रै ठिक भन्ने तर्क गर्छन् । उनीहरु अरुको कुरा नै सुन्दैनन् र कहिलेकाँही नराम्ररी चुक्छन् ।

आज हामी तपाईंलाई आत्मविश्वासी मानिसहरुका बानीको बारेमा बताउन गइरहेका छौं । उनीहरुले के गर्छन् र सफल हुनको लागि कस्ता कुराबाट टाढै रहन्छन् भन्ने बारेमा पनि हामी चर्चा गर्छौं । यदि तपाई पनि आफ्नो जिवनमा सफलता प्राप्त गर्न चाहनुहुन्छ भने यी ५ कुरामा सँधै ध्यान दिनुहोस् ।

१. बहाना बनाउँदैनन्
जो मानिसहरुमा आत्मविश्वास भरपूर हुन्छ, उनीहरु आफ्नो विचार र आफुले गरेका कामको जिम्मेवारी लिन्छन् । आफूले गरेको गल्तीको दोष अरुलाई लगाउँदैनन् ।

आत्मविश्वासी मानिसहरु आफ्नो गल्ती सुधार्नको लागि समय लिन्छन् र जुन गल्ती उनीहरुबाट भयो त्यसबाट अरुलाई हानी भएको भए माफी माग्न पनि पछि पर्दैनन् ।


२. अरुको कुरा सुनेर आफ्नो बाटो छोड्दैनन्

आत्मविश्वास भएका मानिसलाई आफूलाई जीवनमा के चाहिन्छ र कसरी काम गर्दा सफल हुन सकिन्छ भन्ने थाहा हुन्छ । उनीहरु आफ्नो काम र विचारमा फोकस हुन्छन् ।

कुनै काम गर्दैजाँदा धेरै थरी मानिसले उनीहरुलाई धेरै कुरा भन्छन् तर ती कुरामा नलागि आफ्नो लक्ष्यमा दृढ भएर अगाडि बढ्छन् । कसले राम्रो सल्लाह दिएको छ र कसले अनावश्यक सल्लाह दिएको हो विचार गरेर अगाडी बढ्छन् ।

३. तुलना गर्दैनन्
आत्मविश्वासले युक्त मानिसलाई आफ्नो क्षमतामा विश्वास हुन्छ । उनीहरुलाई कहिल्यै पनि कसैको काम को तुलना गर्नु हुदैन भन्ने थाहा हुन्छ किनभने यसले गर्दा आफ्नो खुसी हराउन सक्छ भन्ने थाहा हुन्छ ।

तुलनाले मानिसको मनमा आफू अरुजस्तै बन्ने लालसा पैदा गर्छ र मानिसको मनमा छिटो छिटो काम गर्ने भावना जगाउँछ । यसले झनै मानिसको ठिकठाकसँग चलिरहेको काम बिग्रदैँ जान्छ ।

४. सही समयको पर्खाइ गर्दैनन्
कुनै पनि काम गर्नको लागि सही समय हुदैन । यदि तपार्इंमा भरपूर आत्म विश्वास छ भने तपाईं कुनै पनि काम गर्नको लागि सही समयको पर्खिएर बस्नु पर्दैन ।

५. असहज रहदैनन्
आत्म विश्वासी मानिस कम्फर्ट जोनमा रहन मन पराउँदैनन् । उनीहरुलाई दिनदिनै नयाँ चुनौती को सामना गर्न रुची हुन्छ किनकी उनीहरु आफ्नो सपना पूरा गर्न चाहन्छन् । यसकारणले गर्दा उनीहरु कुनै पनि काम गर्न असहज महशुस गर्दैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here