शेयर बजार राताम्मे, नेप्से ६० अंकले घट्दा साढे ६ अर्बको कारोबार

काठमाडौं, २३ भदौं । साताको चौथो कारोबार दिन आज शेयर बजार राताम्मै भएको छ । बुधबार नेप्से परिसूचक ६०.०२ अंकले घटेर २८७६.५९ अंकमा झरेको छ । यो कारोबार भएको अघिल्लो दिनको तुलनामा २.०४ प्रतिशत कम हो ।

बुधबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज इन्डेक्स ११.९१ प्रतिशत घट्यो ।

आज सबै समुहको सूचक राताम्मै रह्यो । सबैभन्दा धेरै फाइनान्स समुहको सूचक ३.२९ प्रतिशत घट्यो । त्यस्तै, अन्य समुहको सूचक ३.२३ प्रतिशत घट्यो ।

बुधबार कारोबार रकममा पाि कमी आयो । आज २२५ कम्पनीको १ करोड ६१ लाख ४८ हजार ६५३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६४ करोड ६६ लाखको कारोबार भयो ।

आज एक कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमा सानिमा लाइफ इन्स्योरेन्स रहेको छ । यस कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, एक्सेल विकास बैंकको ८.६० प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा लाइफ इन्स्योरेन्सका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ६.०६ प्रतिशत घट्यो । त्यस्तै, गुडवेल फाइनान्सको ५.४७ प्रतिशत घट्यो ।

बुधबार सबैभन्दा धेरै कारोबार यूनाइडेट मोदी हाइड्रोपावरले गर्यो । कम्पनीले ४० करोड ५७ लाखको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here