थप १६४० जनामा कोरोना पुष्टी, २१६१ जना संक्रमण मुक्त

काठमाडौं, २३ भदौ । पछिल्लो २४ घण्टामा देशभर १६४० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७६७ पीसीआर परीक्षण गर्दा १३४७ जना र ३६८८ एन्टिजेन परीक्षण गर्दा २९३ गरी १६४० जनामा कोरोना पुष्टी भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ७३ हजार ५२९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१६१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ३३ हजार १६१ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या २९ हजार ४७९ रहेको छ ।

पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ८८९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here