सूदुरपश्चिममा वैदेशिक लगानी शून्य, ६० प्रतिशत बागमती प्रदेशमा

काठमाडौं, २४ भदौ । नेपालमा गत आवको असार मसान्तसम्ममा नेपालमा ५२ देशको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले विहिबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले देखाएको हो । सार्वजनिक प्रतिवेदनमा भारतबाट सबैभन्दा बढी भारतबाट भित्रिएको छ ।

भारतबाट ६२ अर्ब ४५ करोड रुपैयाँ र त्यसपछि क्रमशः चीनबाट ३० अर्ब ९७ करोड रुपैया, सेन्ट किष्टस एण्ड नेभिसबाट १५ अर्ब २७ करोड रुपैया, आयरल्याण्डबाट १२ अर्ब ९३ करोड रुपैया र सिङ्गापुरबाट १२ अर्ब ४३ करोड रुपैया प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५६.० प्रतिशत औद्योगिक क्षेत्रमा र ४३.९ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ ।

औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८.३ प्रतिशत र जलविद्युत क्षेत्रमा २७.५ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ ।

यसै गरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.३ प्रतिशत सेवा क्षेत्र अन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको देखिन्छ ।

तथ्यांक अनुसार सूदुरपश्चिम प्रदेशमा विदेशी लगानी कम भएको छ । कुल विदेशी लगानीमध्ये बागमती प्रदेशमा सबैभन्दा बढी ६०.५ र गण्डकी १५.३ प्रतिशत विदेशी लगानी भित्रिएको छ।

प्रदेश २ मा ९.४, प्रदेश १ मा १२.९, लुम्बिनीमा १.२ र कर्णालीमा ०.५ प्रतिशत र सूदुरपश्चिम प्रदेशमा ०.२ प्रतिशत लगानी भित्रिएको छ।

राष्ट्र बैंकका अनुसार प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी स्थलगत सर्वेक्षण सकेर प्रतिवेदन सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७६-७७ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल १९८ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६/७७’ तयार पारेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here