स्मार्ट फोन हराएर चिन्तित हुनुहुन्छ ? गुगल म्यापको सहयोगमा यसरी खोज्नुहोस्

काठमाडौं, ९ असार । स्मार्ट फोन हाम्रो जीवनको महत्वपुर्ण हिस्सा बनिसकेको छ । फोन गर्नेमात्रै नभई अन्य विभिन्न कामको लागि पनि हामी स्मार्टफोनको प्रयोग गर्छौं ।

स्मार्टफोनमा अरु साथीभाईका फोननम्बर, तस्वीरहरु, महत्वपूर्ण डकुमेन्ट लगायतका व्यक्तिगत सूचनाहरु पनि स्मार्ट फोनमा राख्ने हाम्रो बानी हुन्छ ।
आजभोली मानिसहरुले अधिकांश समय स्मार्ट फोनमा बिताउने गर्छन् । यस्तोमा हाम्रो स्मार्ट फोन हरायो, बिग्रियो वा चोरी भयो भने हामीलाई धेरै समस्या आइपर्छ ।

हाम्रो फोनहामीले फोटो, म्यासेज वा अन्य विभिन्न प्रकारका व्यक्तिगत सूचनाहरु भण्डारण गरेका हुन्छौं । हराएको फोन छिटो भन्दा छिटो पत्ता लगाएमा आफ्नो व्यक्तिगत सुचनाहरु सुरक्षित हुन सक्छ । तर अरुको हातमा आफ्नो स्मार्टफोन पुग्यो भने त्यसमा भएका महत्वपूर्ण सूचनाहरु दुरुपयोग हुन पनि सक्छ ।

तर, यस्तो अवस्थामा एन्ड्रोईड स्मार्टफोनमा ‘फाइन्ड माई फोन’ नाम गरेको एक विशेष फिचर हुन्छ जसको सहयोगमा हामी हराएको फोन पत्ता लगाउन सक्छौं ।

गुगल म्यापको सहयोगमा यसरी खोज्न सकिन्छ हराएको स्मार्टफोन

गुगल म्यापको सहयोगमा हराएको स्मार्ट फोन खोज्नको लागि सबैभन्दा पहिले ईन्टरनेट जडान भएको मोबाईल, ल्यापटप वा कम्प्यूटरको आवश्यकता पर्दछ ।
त्यसका साथै हराएको फोनको जिमेल एकाउन्ट र पासवर्ड थाहा हुनुपर्दछ ।

यस्तो छ प्रक्रिया

सबैभन्दा पहिले आफूसँग भएको मोबाईल, ल्यापटप वा कम्प्यूटरमा गुगल खोलेर गुगल म्याप खोल्नुहोस् ।

गुगल म्यापमा तपाईंको हराएको फोनको गुगल आईडी टाईप गर्नुहोस् ।

आईडी साइन(इन भएपछि माथि दाँया भागमा ३ वटा डट आउँछ त्यसलाई क्लिक गर्नुहोस् । त्यसपछि ‘आवर टाईमलाइन’ भन्ने अप्सन आउछ ।

आवर टाईमलाइनको अप्सन छनोट गरेपछि आएको अप्सनमा वर्ष, महिना, दिन टाईप गर्नुहोस् जुन दिनको लोकेसनको तपाईं पूरा हिस्ट्री हेर्न चहानु हुन्छ ।
सबै जानकारी दर्ता गरेसगैं तपाईंको लोकेशन हिस्ट्री समयको साथ देखिन्छ ।

यो प्रकृया सबै गुगल म्याप भएको स्मार्ट फोनमा प्रयोग गर्न सकिन्छ । गुगल म्यापमा हराएको फोनमा भएको आइडीलाई सही तरीकाले साइन गरेमा यसले राम्रोसँग काम गर्छ ।

(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here