एमसीसी उपाध्यक्षसँग ओलीले भने ‘हामी त प्रतिपक्षी भइसक्यौँ, पास गर्ने-नगर्ने जिम्मा सरकारको’

काठमाडौं, २४ भदौ । चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार नेकपा एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेकी छन् ।

फातिमाले उच्चस्तरीय राजनीति भेटघाट एमाले अध्यक्ष ओलीबाट सुरु गरेकी हुन् । भेटवार्तामा ओलीले वर्तमान सरकार बहुमतमै रहेकाले एमसीसी अनुमोदन गर्ने वा नगर्ने बारे सरकार पहिले स्पष्ट हुनुपर्ने बताएका छन् ।

भेटमा एमसीसी उपाध्यक्ष सुमारले एमसीसीका बारेमा एमालेको बुझ्न खोजेकी थिइन् । एमसीसी अनुदानको विषय भएकाले यसमा विवाद हुनुनपर्ने सुमारको भनाइ थियो । भेटपछि एमसीसी उपाध्यक्ष सुमारले संक्षिप्त प्रतिक्रिया दिदै नेपालमा आउदा खुसी लागेको प्रतिक्रिया दिइन् ।

ओलीले भेटघाटका लागि धन्यवाद दिँदै आफू सरकारमा हुँदा बढाउने प्रयास गरेको तर सभामुखसहितका केही व्यक्तिले सफल हुन नदिएको बताए ।

हामी सरकार हुँदा एमसीसी पास गर्न प्रयास गरेको कुरा तपाईंहरुलाई थाहै छ। अहिले एमसीसी जसका कारण रोकिएको हो, पहिले उनीहरुले पोजिसन क्लियर गर्नुपर्छ।

छलफलमा एमालेबाट स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापालगायत सहभागी भएका थिए । एमाले र एमसीसीका प्रतिनिधि मण्डलबीच छलफल भएको थियो।

एमसीसी सम्झौतालाई नेपालको संसदबाट पारित गर्नुपर्ने अमेरिकाको दबाबका बीच फातिमाको नेपाल भ्रमण भएको हो । एमसीसी संसदबाट पारित गर्ने विषयमा राजनीतिक दलहरूबीच फरक फरक मत रहेका बेला फातिमा नेतृत्वको टोलीको नेपाल भ्रमण भएको हो ।

एमसीसी प्रतिनिधि मण्डलले शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेतासँग भेट गर्ने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here