५.७५ अंकले बढ्यो नेप्से, ४८ करोडको कारोबार

काठमाडौं, ९ असार । सोमबार नेप्से परिसूचक ५.७५ अंकले बढेर १ हजार २ सय ६०.१० अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४६ प्रतिशत बढी हो ।

कारोबारमा आएका मध्ये विकास बैंक, जीवन बिमा, सामुहिक लगानी कोष र निर्जीवन बिमा कम्पनीको परिसूचक सोमबार पनि घटे ।

सामेबार होटलको १.२९ प्रतिशत, अन्यको १.२१ प्रतिशत, लघु वित्तको परिसूचक १.२३ प्रतिशतले बढे भने अन्य कम्पनीहरुकोे परिसूचक सामान्य प्रतिशतले बढे ।

सोमबार ५ हजार ९ सय ८० कारोबारबाट १ सय ७३ कम्पनीका १५ लाख ४ हजार ६ सय ७२ कित्ता सेयर किनबेच भए ।

ती किनबेचबाट ४८ करोड १४ लाख ९२ हजार रुपैयाँको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here