‘नेपालमा क्रिप्टोकरेन्सी गैरकानूनी, कारोबार र प्रचारप्रसार गर्नेलाई कारबाही’

काठमाडौं, २४ भदौ । नेपाल राष्ट्र बैंकले नेपालमा डिजिटल मुद्रा क्रिप्टोकरेन्सी अवैध रहेको बताएको छ ।

पछिल्लो समय क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङ जस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने गतिविधि भएको भन्दै यसको कारोबार र प्रचारप्रसार नगर्न सचेत गराएको छ ।

बिहीवार एक विज्ञप्ति निकालेर राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सीको कारोबार र प्रचारप्रसार नगर्नरनगराउन चेतावनी दिएको छ ।

क्रिप्टोकरेन्सीको कारोबार गर्ने, प्रचारप्रसार गर्ने र प्रोत्साहन गर्नेरगराउने समेत गरेको पाइएको र यस्ता कार्यबाट सर्वसाधारण ठगिएको भन्दै राष्ट्र बैंकले यस्ता गतिविधि गर्नेलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

सूचनामा भनिएको छ, ‘हालका दिनहरुमा क्रिप्टोकरेन्सीहरुको कारोबार/प्रयोग/माइनिङजस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने/गराउने समेत गरेको पाइएको र त्यस्तो कार्यबाट सर्वसाधारणहरु ठगिएको/ठगिन सक्ने देखिएको हुँदा कसैले त्यस्तो कार्य गरे/गराएको पाइएमा प्रचलित कानुनबमोजिम सजाय हुने व्यहोरा समेत जानकारी गराइन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here