ढुवानी सेवामा नयाँ साेच, मोबाईल एपबाटै सामान ढुवानी गर्न सकिने !

काठमाडौं, ९ असार । ई—ट्रान्सपोर्टेशन सर्भिस नामक कम्पनीले देशभर अनलाइनमार्फत नै सामान ढुवानी सेवा उपलब्ध गराउनको लागि मोबाईल एप सार्वजनिक गरेको छ ।

कम्पनीले सोमबार काठमाडौंमा एक कार्यक्रम गरी नेपालइटिएस एप सार्वजनिक गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले एपको उद्घाटन गरे ।

सूचना प्रविधिको अधिकतम उपयोग गर्दै नेपालभर सामान ढुवानी सेवालाई सहज, सरल, व्यवस्थीत र पारदर्शी बनाउन एप सहयोगी हुने ई—ट्रान्सपोर्टेशन सर्भिसका प्रबन्ध निर्देशक सन्तोष मण्डलले बताए ।

साथै कम्पनीले निजी सवारी साधन प्रयोगकर्तालाई सडकमा सवारी साधन बिग्रेको अवस्थामा तत्काल सवारी मर्मत सेवा प्रदान गर्ने पनि जानकारी दिएको छ । कम्पनीको वेवसाइट www.nepalets.com तथा मोबाईल एप nepalets बाट सेवा प्राप्त गर्न सकिने मण्डलले बताए ।

सेवा लिनको लागि सामान ढुवानी गर्ने यातायात व्यावसायी, चालक, सवारी मर्मत गर्ने वर्कशपहरु र सेवा लिने ढुवानी कम्पनीहरु पनि रजिष्ट्रर हुनुपर्ने कम्पनीले बताएको छ ।

एक पटक रजिष्ट्रेसन गरेपछि सेवाग्राहीले घर, अफिस तथा अन्य स्थानबाट आफुले चाहेको सेवा लिनको लागि ई—ट्रान्सपोर्टेसनमा खबर गर्नुपर्ने उनले बताए । ई—ट्रान्सपोर्टेसनले दुबै पक्षको आवश्यकता पुरा गर्नको लागि मध्यस्तकर्ताको भुमिका खेल्ने पनि उनले बताए ।

यस कम्पनीबाट नेपालको कुनैपनि स्थानबाट जुनसुकै स्थानमा सामान ढुवानी गर्ने निर्देशक मण्डलले बताए । ढुवानीकाे शुल्क भने इ सेवा र खल्ती एपबाट समेत डिजिटल भुक्तानी गर्न सकिने कम्पनीले बताएकाे छ ।

एप उद्घाटनको क्रममा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले यस्तै कामहरुबाट राष्ट्रको विकाश हुने बताए ।
‘यस्तो कामहरुको कारण सिङ्गो राष्ट्रको विकास हुने हो । यस्ता कामहरुलाई हामी सबैले प्रोत्साहन गर्नुपर्छ’, उनले भने ।

नेपालको सम्पुर्ण सरकारी क्षेत्रहरुमा पनि अनलाइन सेवा हुनुपर्ने उनले बताए । ‘मन्त्रालयमा त भयो अब संसद र अन्य सबै क्षेत्रहरुमा पनि अनलाईनबाट कामहरु गर्ने गर्नुपर्दछ’ उनले भने ‘यस्तो गर्दा सरकारको खर्चमा पनि कमी हुन्छ ।’

त्यस्तै यातायात व्यवस्था विभागका महानिर्देशक कुमार प्रसाद दाहालले यस कामबाट धेरै फाईदा प्राप्त हुने बताउदै यसलाई निकै जिम्मेवारीका साथ पुरा गर्न आग्रह समेत गरे ।

यसले निजी तथा सरकारी क्षेत्रका सबै सवारी चालकहरुलाई फाईदा पुग्ने बताउँदै यात्रुहरुको लागि पनि यो कार्य फलदायी हुने उनले बताए ।

यो काम सोचे जस्तो जस्तो सजिलो नभएको भन्दै एउटा निश्चित मापदण्ड अनुसार काम अगाडी बढाउन उनले सुझाव समेत दिए ।

ई—ट्रान्सपोर्टेसन कम्पनीको केन्द्रिय कार्यलय प्रदेश नं. ५ को रुपन्देहि जिल्ला पथ्थरडाँडा रहेको छ भने शाखा कार्यलय बुटवलमा पनि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here