काठमाडौं, २५ भदौ । नेपाल राष्ट्र बैंकले शनिबार दुई घण्टाको लागि आरटीजीएस खुला राख्ने भएको छ ।
राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै ‘विकास ऋणपत्र २०८८ क’को ब्याज भुक्तानी सहजहोस् भनेर शनिबार विहान १० देखि १२ बजेसम्म आरजीजीएस सेवा खुला रहने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
आरटीजीएस भनेको कोष स्थानान्तरण गर्ने प्रणाली हो । जसबाट एक बैंकबाट अर्को बैंकमा रकम तथा ऋणपत्रहरु स्थानान्तरण गरिन्छ । यसलाई रियल टाइम ग्रस सेटलमेन्ट अर्थात वास्तविक समयमा कुल पछर्यौंट प्रणाली भनिन्छ।