कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाले गरे ३२ अर्ब ३३ करोड कर्जा प्रवाह

काठमाडौं, २५ भदौ । कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाले गरे ३२ अर्ब ३३ करोड कर्जा प्रवाह गरेका छन् ।

प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार समीक्षा अवधिमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाले सेवा क्षेत्रमा प्रवाह गरेको कर्जा ३.०४ प्रतिशतले वृद्धि भई रु. ३२ अर्ब ३३ करोड पुगेको हो ।

गत वर्षको सोही अवधिमा यस्तो कर्जा ८६.८२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा प्रवाहित कुल कर्जामध्ये सेवा क्षेत्रमा प्रवाहित कर्जाको अंश ७६.३९ प्रतिशत रहेको छ ।

कुल सेवा कर्जामध्ये वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा प्रवाहित कर्जा सबैभन्दा बढी २०.४९ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा कम अन्य सेवा क्षेत्रमा ९.४४ प्रतिशतले वृद्धि भएको छ । साथै, स्थानीय सरकार कर्जा क्षेत्रमा ९६.०९ प्रतिशत र अन्य कर्जा क्षेत्रमा ११.५३ प्रतिशतले ह्रास आएको छ ।

यसैगरी, यातायात, भण्डारण र सञ्चार क्षेत्रमा १९.७१ प्रतिशत, थोक तथा खुद्रा विक्रेता क्षेत्रमा १४.०१ प्रतिशत र पर्यटन क्षेत्रमा १४.२५ प्रतिशतले वृद्धि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here