अर्थमन्त्रीलाई सांसद सुवालको प्रश्न : कस्को लागि शेयर बजारलाई प्रभाव पार्ने गरी फोन गर्नुभयो ?

काठमाडौं । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष प्रेम सुवालले कसैको स्वार्थका लागि शेयर बजारलाई प्रभाव पार्ने गरी अर्थमन्त्री जनार्दन शर्माले गर्भनरलाई फोन गरेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभा बैठकमा बोल्दै सुवालले भने, ‘अर्थमन्त्री ज्यूले ३७ लाखले शेयर कारोबार गर्ने तर फाइदा सय जनाले उठाउने रहेछ भन्नु भयो, पछि शेयर कारोबारमा मूल्य घट्यो भनेर समाचार आयो, अर्थमन्त्रीले गर्भनरलाई फोन गर्नु भयो अनि शेयरको मूल्य बढ्यो ।’

अर्थमन्त्रीले कसको स्वार्थको लागि बोलेको पनि प्रश्न गर्दै सुवालले थपे, ‘१०० जनाले मात्र फाइदा लिने भनेर ३७ लाख लगानीकर्तालाई नोक्सानमा पार्नुभयो फेरि भो फेरी गर्भनरलाई फोन गर्नु भयो, फेरी सेयरको मूल्य बढ्यो भनेर आयो अर्थमन्त्री जस्तो व्यक्तिले यस्तो गर्न मिल्छ ?’

तर, अर्थमन्त्री शर्माले भने आफूले गर्भनरलाई फोन नगरेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here