बजेटको आकार घट्यो, १६ खर्ब ३२ अर्बको संशोधित बजेट संसदमा पेश (पूर्णपाठ)

काठमाडौं, २५ भदौं । सरकारले तत्कालिन केपी शर्मा ओली सरकारले ल्याएको बजेटको आकार प्रतिस्थापन विधेयक मार्फत घटाएको छ । अर्थमन्त्री जनार्दन शर्माले नेकपा एमालेका सांसदको नारावाजी र अवरोधका बीच १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेट प्रस्तुत गरेका छन्।

कुल विनियोजनमध्ये चालूतर्फ ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात् (४१.४२ प्रतिशत), पुँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड अर्थात् (२३.१६ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात् (११.६० प्रतिशत) र प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात् (२३.७२ प्रतिशत) रहेको उनले जानकारी दिए।

सरकारले खर्च व्यहोर्नका लागि १० खर्ब ५० अर्ब ८२ करोड राजश्वबाट उठाउने, ५९ अर्ब ९२ करोड वैदेशिक अनुदान प्राप्त हुने जनाएको छ । यसैगरी, २ खर्ब ८३ अर्ब ९ करोड वैदेशिक र २ खर्ब ३९ अर्ब आन्तरिक ऋणबाट बेहोरिने जनाएको छ ।

यसअघि गत जेठ १५ मा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशबाट १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याएका थिए। त्यसमा चालूतर्फ ६ खर्ब ६८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ७४ अर्ब र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब विनियोजन गरिएको थियो।

प्रतिस्थापन विधेयकमार्फत ल्याइएको बजेटको पूर्णपाठ