काठमाडौं, २५ भदौ । सरकारले कृषि बाली तथा पशु बीमाको प्रिमियम अनुदानको दायरा बढाएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले अर्थ सम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक मार्फत पूर्व अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेको भन्दा दायरा बढाएका हुन् ।
गएका वर्षमा सरकारले कृषि बाली तथा पशु बीमामा ७५ प्रतिशत अनुदान दिदै आएकोमा गत जेठ १५ गतेको बजेट वक्तव्य मार्फत पौडेलले ५० प्रतिशतमा झारेका थिए ।
शर्माले कृषि तथा पशुजन्य ब्यवसायमा रहेको जोखिम न्यूनिकरण गरी यस क्षेत्रमा किसानहरुको आकर्षण बृद्धि गर्न कृषि बाली तथा पशु बीमाको दायारा विस्तार गरी दिइदै आएको बीमा प्रिमियम अनुदानमा साविकको ५० प्रतिशतबाट बृद्धि गरी ८० प्रतिशत पुर्याएका हुन् ।
कृषि तथा पशुजन्य व्यवसायमा रहेको जोखिम न्यूनीकरण गर्न र यस क्षेत्रमा किसानहरूको आकर्षण वृद्धि गर्न भन्दै सरकारले बीमामा अनुदान दिँदै आएको छ ।






















