आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने सरकारको लक्ष्य

काठमाडौं, २५ भदौ । सरकारले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ७ प्रतिशत राख्ने लक्ष्य लिएको छ।

शुक्रबार अर्थमन्त्री जनार्दशन शर्माले बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै आर्थिक वृद्धिदर लक्ष्य ७ प्रतिशत राख्ने लक्ष्य राखेको बताए ।

अध्यादेश मार्फत प्रस्तुत भएको बजेटले लिएको ६.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यलाई परिमार्जन गर्दै प्रतिस्थापन विधेयकमार्फत ०.५ प्रतिशत थपिएको हो ।

यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६ प्रतिशत रहने लक्ष्य राखिएको थियो।

आर्थिक वृद्धिदर लक्ष्य बढाइए पनि मुद्रास्फितिको दरलाई भने ६.५ प्रतिशतमा यथावत राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here