मोटरसाइकलको मूल्य ब‌ढ्यो, सूर्तीजन्य वस्तुको कर वृद्धि

सांकेतिक तस्वीर

काठमाडौं, २५ भदौ । सरकारले करको दरमा हेरफेर गरेको छ । अध्यादेशबाट ल्याएको बजेटको तुलनामा २६ अर्ब रुपैयाँ राजस्व बढ्ने लक्ष्यसहित शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले ल्याएको संशोधित बजेटमा करको दर र दायरा वृद्धि गरिएको हो ।

जसमा मोटरसाइकलको मूल्य पनि बढेको छ । १२५ देखि २ सय सीसीसम्मको मोटरसाइकलमा ५० प्रतिशत अन्तशुल्क लगाइएको छ । यसअघि यस्तो शुल्क ४० प्रतिशत थियो ।

२ सयदेखि २५० सीसीका मोटरसाइकलमा ६० प्रतिशत अन्तशुल्क लगाइएको छ । ५ सयदेखि ८ सय सीसीसम्मको मोटरसाइकलमा साविकको भन्दा २० प्रतिशत अन्तशुल्क बढाइएको छ । प्रतिस्थापन विधयेकबाट सडक निर्माण दस्तुरदर पनि बढाइएको छ ।

त्यस्तै सरकारले सूर्तीजन्य वस्तुको कर पनि बढाएको छ । नयाँ व्यवस्थाअनुसार बिडीमा प्रतिखिल्ली ५ पैसा जोखिम कर तोकिएको छ ।

सिगार प्रति खिल्ली १० पैसा बढाइएको छ । त्यस्तै तयारी खाने सूर्ती, खैनी, गुट्खा र पान मसलामा प्रतिकिलो १० रुपैयाँ बढाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here